चितवन, २२ कार्तिक ३०८३ । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रममा काम गर्ने श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक १ हजार ७४० रुपैयाँ तोकेको छ । साथै, त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गर्नुपर्ने व्यवस्था गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
कार्यविधिअनुसार सरकारी आयोजनामा काम गर्ने निर्माण श्रमिक, परामर्श सेवामा संलग्न कर्मचारी तथा उद्योग र सामान आपूर्तिसँग जोडिएका श्रमिकलाई समेत न्यूनतम ज्याला र सामाजिक सुरक्षाको व्यवस्था लागू हुनेछ ।
यस व्यवस्थाले श्रमिकले उचित पारिश्रमिक पाउने, बीमा तथा सामाजिक सुरक्षाको सुविधा प्राप्त गर्ने र कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित हुने अपेक्षा गरिएको छ ।










