

माडी, चितवन । माडी नगरपालिका-१ पाण्डवनगरमा सामान्य विवाद हुँदा एक पुरुषमाथि चक्कु प्रहार भएको छ । पाण्डवनगर निवासी वर्ष ३५ का भरत बोटलाई सोही ठाउँ निवासी पुरुषोत्तम लामिछानेले चक्कु प्रहार गरी घाइते बनाएका हुन् ।

दुवैजनाले मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा सो घटना भएको स्थानीयले बताएका छन् । घाइते बोटको छातीको भागमा चक्कुले काटेको छ । घटनामा घाइते भएका बोटलाई बघौडा अस्पातलमा सुरुवाती उपचार पश्चात भरतपुर लगिएको छ । चक्कु प्रहार गर्ने लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

