चितवन खबर पोष्ट

एनआरएनए क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठद्वारा अध्यक्ष पदमा उम्मेदवारी

माडी, चितवन । आगामी २० जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

चितवनको माडी नगरपालिका-३, धोबाहा गाउँमा जन्म तथा भरतपुरस्थित बालकुमारी र वीरेन्द्र क्याम्पसमा अध्ययन गर्नुभएका श्रेष्ठ हाल क्यानाडास्थित टोरन्टो ट्रान्जिट कमिसनमा डिजाइन ईञ्जिनियर पदको सरकारी जागिरमा संलग्न रहनुभएको छ ।

‘गैरराजनैतिक एनआरएनए’को नारासहित उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । श्रेष्ठको उम्मेदवारीलाई नेपालका राष्ट्रियस्तरका अनलाइन पोर्टल र पत्रपत्रिकाहरुले समेत प्राथमिकताका साथ समाचारमा समेटेका छन् ।

हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका उपाध्यक्ष रहनुभएका उहाँ नेप्लिज क्यानेडियन क्रिकेट क्लबका पूर्वअध्यक्ष र चितवन सोसाइटी क्यानडाका कोषाध्यक्ष रहनुका साथै ‘आउटस्ट्याण्डिङ एसियन क्यानाडियन अवार्ड २०२४’ बाट सम्मानित समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार