कला-साहित्य पोष्ट

सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै फूलैफूलले सजिएको छ । उहाँँको घरमा पुग्ने जो कसैले पनि घरको श्रृङ्गार र फूलबारीको तारिफ गर्नेगरेका छन् ।

नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा उहाँलाई नगद सहित कदरपत्रले सम्मान गरिएको हो । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले आलेमगरलाई कदरपत्र हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी नगरपालिकाले उत्कृष्ट आमा समूहका रुपमा माडी-८, दक्षिण अयोध्यापुरीस्थित फुलबारी आमा समूहलाई सम्मान गरेको छ । नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा सो आमा समूहलाई उत्कृष्ट आमा समूहका रुपमा कदरपत्र र नगदसहित सम्मान गरिएको हो ।

फुलबारी आमा समूहले आफ्‌नो टोल क्षेत्रमा सरसफाई एवं सडक श्रृङ्गारमा उत्कृष्ट र जिल्लामै नमुना काम गरेको छ । सफा सडकको दुबैतर्फ ढुंगा राखी सजाउनुका साथै फोहोर संकलनका लागि डोको राखिएको छ । टोलमा मदिरा एवं लागुपदार्थ नियन्त्रण तथा टोल सदस्यहरूको घरआँगनमा फूलबारी सहित सफाई राख्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार