कृषि र कृषक पोष्ट

माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा ६० कृषकहरूलाई प्रोत्साहन रकम वितरित

माडी, चितवन – माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन रकम वितरण गरिएको छ । एग्रो नाईन कम्पनी प्रा.लि.सँग आबद्ध माडीका ६० जना कृषकहरूलाई कुल १० लाख ८५ हजार ९६२ रुपैंया बराबरको प्रोत्साहन रकम वितरण गरिएको थियो ।

“बिउ बिजन आत्मनिर्भर कार्यक्रम“ अन्तर्गत स्रोत बिउ, उन्नत बिउ तथा उत्पादन सामग्री सहयोग कार्यक्रममार्फत सो प्रोत्साहन रकम वितरण गरिएको एग्रो नाईन कम्पनीका अध्यक्ष टुकनारायण पौडेलले जनाउनुभयो । साेही सन्दर्भमा,

बीउ उत्पादन कार्यमा विशेष योगदान पुर्‍याएका तीन उत्कृष्ट कृषकलाई नगदसहित सम्मान समेत गरिएको छ ।

सम्मानित हुने कृषकहरुमध्ये पहिलो स्थानमा माडी–१ निवासी पिताम्बर बराल (रु. १,४३,०१०), दोश्रो स्थानमा माडी १ कै कृष्ण पौडेल (रु. १,०३,८४०) र तेश्रो स्थानमा माडी–४, खैरहनीस्थित नेकपा उत्पादन शाखाका सचिव क. क्रान्ति सी. (रु. ७०,८००) रहनुभएको छ ।

पुरस्कृत हुने कृषकहरूलाई नगद राशिसँगै त्रिपाल प्रदान गरी सम्मान गरिएको हो । कृषि विकास कार्यालय भरतपुर, चितवनको आयोजनामा सम्पन्न सो कार्यक्रम बाग्मती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाका कार्यवाहक नगरप्रमुख खेमप्रसाद महतो लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार