

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माडीका दुईवटा सडक निर्माण योजनालाई रणनैतिक सडकका रुपमा प्राथमिकतामा राख्दै कूल ५ करोड ५० लाख रुपैंया बजेट छुट्याएको छ ।
मन्त्रालयको रातो किताबमा बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तरगत माडी न.पा. ९ श्रीदमार भालुखोला बाँदरझुला हुँदै ठोरी चौतारा जोड्ने हुलाकी मार्ग निर्माण र स्तरोन्नति परियोजना (रातो किताबमा पेज नं. १००, क्रं.सं. १८८, कम्पोनेन्ट नं. २९२८) का लागि ३ करोड रुपैंया विनियोजन रहेको हो ।

त्यसैगरी माडीको दोश्रो योजनाका रुपमा बरुवा बजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेणी अजिंगरे सहिदपार्क गंगगे – १३ कि.मि. सडक (रातो किताबमा पेज नं. १२०, क्रं.सं. ६६, कम्पोनेन्ट नं. ६६) का लागि २ करोड ५० लाख रुपैंया समेत विनियोजन रहेको छ ।

यसैबिच, माडी नगरप्रमुख ताराकुमारी काजी महतोले हनुमानझुला देखि ठोरीको चौतारा जोडिने बाटो लाई हुलाकी सडकका रुपमा उल्लेख गर्दै रातो बिताबमा समेटेकोप्रति भौतिक पूर्वाधार मन्त्री एवं मन्त्रालयका सचिवलाई सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्नुभएको छ ।