चितवन खबर पोष्ट

ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन हुँदै

माडी, चितवन — माडी नगरपालिका ५, छरछरे गाउँ निवासी २९ बर्षीया ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ ।

अभियान अन्तरगत दिपक वि.क र सीता वि.क. दम्पत्तीबाट २५ हजार रुपैंया सहयोग भएको छ । त्यस्तै, किरण बि.क., सुर्य खत्री र किरण गायकले संयुक्त रुपमा १२ हजार ५०० रुपैंया सहयोग गर्नुभएको छ ।

त्यसैगरी, मुना वि.क. एवं मनिराम बि.क.बाट ५ हजार रुपैंया, प्रकाशको नाउँबाट २ हजार रुपैंया, सुनिता सुनारबाट २ हजार ५००, ईश्वरी बि.क.बाट १ हजार ५०० र सुमन बि.क.बाट २ हजार रुपैंया सहयोग भएको पीडित कृष्णमायाको परिवारले जनाएको छ ।

यसबाहेक, माडी-२, भैरवपुर निवासी लक्ष्मण पाैडेलले २ हजार ५० रुपैंया सहयोग गर्नुभएको छ । यस्तै, रक्तक्यान्सर पीडित कृष्णमायाका छिमेकीहरुले समेत कृष्णमाया सुनार बि.क. बचाउ अभियान चलाउँदै आर्थिक सहयोग संकलन जारी राखेका छन् ।

कृष्णमायाको हाल त्रि.वि.वि. शिक्षण अस्पताल, काठमाडौंमा उपचार जारी रहेको छ । रक्तक्यान्सरका कारण दुबै आँखा नदेख्ने भएसंगै आँखाको उपचार पनि संगसंगै चलिरहेको उहाँको उपचारमा संलग्न श्रीमान दीपेन्द्र बि.क.ले बताउनुभयो । पहिलो चरणको ब्ल्ड क्यान्सर भएकाले उपचार गर्नसके निको हुने भएपनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले यथासक्य सहयोग गरिदिन कृष्णमायाको परिवारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार