चितवन खबर पोष्ट

माडी क्रसर प्लाण्टको अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार

माडी, चितवन — माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन केन्द्र (क्रसर प्लाण्ट)को अनुगमन रेखदेखमा दुई जनप्रतिनिधि खटिएसंगै व्यवस्थापनमा क्रमिक सुधार हुँदै गएको छ ।

क्रसर प्लाण्टको उत्पादन र चलानीको रेखदेख अनुगञमनमा पूर्व सेना समेत रहनुभएका नगर कार्यपालिका सदस्य कमल भुजेल र पूर्व प्रहरी समेत रहनुभएका माडी–३ का वडा सदस्य सुकदेव लामिछाने पालो मिलाई क्रसर प्लाण्टमा खटिन सुरु गर्नुभएको हो ।

जनप्रतिनिधिद्वय नै नियमित रुपमा प्लाण्टमा रहेर अनुगमनमा खटिएसंगै प्लाण्टको सञ्चालनमा नियमितता आउनुका साथै गिट्टी ढुङ्गा बालुवाको भण्डारण (स्टोरेज) बढ्दै गएको छ । प्लाण्टलाई पिटिजेड प्रणालीको सिसिटिभीमार्फत भिडियो अनुगमन समेत गर्ने गरिएको वडा सदस्य लामिछानेले बताउनुभयो ।

हाल रसिद काटेको ३ दिनभित्र गिट्टी ढुङ्गा बालुवा लगिसक्नुपर्ने र चलानीको पूर्जी प्लाण्टबाटै जारी हुने व्यवस्था गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो । प्लाण्टमा कुनै प्राविधिक समस्या देखिए तुरुन्तै मर्मत गरी पुरा समय सञ्चालनको व्यवस्था गरिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार