

माडी, चितवन — माडीका शिक्षक एवं क्रियाशील गजलकार राजु आचार्य ‘दीप’लाई यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ।
गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका साहित्यसर्जक राजु ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ । प्रलेस, माडी साहित्य परिवर लगायतका संस्थाहरूमा सरिक रहनुभएका उहाँले यसअघि रेडियो माडी (हाल बन्द)मा साहित्यिक कार्यक्रम सञ्चालन समेत गर्नुभएको थियो ।

गजल मञ्च चितवनले मोतिजयन्तीको अवसर पारेर आयोजना गर्ने विशेष कार्यक्रममा उक्त पुरस्कार अर्पण गरिने जनाएको छ। भदौ ७ गते, दिउँसो २ बजे चितवन माध्यमिक विद्यालय, भरतपुर–१० मा कार्यक्रम सम्पन्न हुनेछ। साे अवसरमा गजल वाचनसमेत आयोजना गरिने छ, जसमा चितवन तथा अन्य स्थानका गजलकारहरूको सहभागिता रहने जनाइएको छ।
