

माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी माध्यमिक विद्यालयका अभिषेक पोख्रेल माडी क्षेत्रकै प्रथम हुनुभएको छ । त्यस्तै माडी क्याम्पसका छात्रा प्रगति काफ्ले ३.७२ जि.पि.ए. सहित छात्रातर्फ माडी प्रथम हुनुभएको छ ।
पोख्रेल माडी माध्यमिक विद्यालयका बिज्ञान बिषयका छात्र हुनुहुन्छ भने काफ्ले माडी क्याम्पसका व्यवस्थापन बिषयका छात्रा हुनुहुन्छ । उहाँद्वयसंगै माडीका अन्य तीनजनाले पनि ३.६-४.० जि.पि.ए. ल्याएका छन् । माडी माध्यमिक विद्यालयका प्रतिक सुवेदीले ३.७१ जि.पि.ए., माडी मा.वि.कै दीक्षा पौडेलले ३.६७ जि.पि.ए. र सोमेश्वर माध्यमिक विद्यालयका सुजन परियारले ३.६ जि.पि.ए. ल्याउनुभएको हो ।

परीक्षामा माडी नगरका चारवटा माध्यमिक विद्यालय र एकवटा क्याम्पसबाट परीक्षामा सहभागी भएका ३६३ परीक्षार्थीहरु मध्ये २४१ जनाले ग्रेडिङ प्राप्त गरेका छन् । माडीका सबैजसो शैक्षिक संस्थाहरूले सुधारिएको नतीजा प्रदर्शन गरेका हुन् ।
