चितवन खबर पोष्ट

माडीको भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटियो, करेन्ट लागेर मरेको अनुमान

माडी, चितवन । माडी नगरपालिका–२, भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटिएको छ । सोही वडा निवासी हरिभक्त श्रेष्ठको खेत नजिकै एक गैँडा बुधबार बिहान मृत अवस्थामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय माडी (बरुवा) का अनुसार बिहान करिब १०:३० बजे मृत अवस्थामा गैँडा भेटिएको हो। जंगली जनावरबाट बाली जोगाउन खेत वरिपरि राखिएको र करेन्ट प्रवाह भएको जि.आई. तारमा अल्झिँदा गैँडाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाको थप अनुसन्धानका लागि पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुञ्जको वनकट्टा रेन्ज पोष्ट तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरू परिचालित भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार