चितवन खबर पोष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल

माडी, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल गरेको छ । गुणस्तर परीक्षण पश्चात कायम हुने सो अंकमा माडी नगरले अघिल्लो आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०८०/८१ मा केहि अंक सुधार गरेको हो । त्यसअघि माडी नगरको लिजा अंक ७४.२५ रहेको थियो ।

माडी नगरपालिकाले शासकीय प्रवन्धतर्फ ९, संगठन तथा प्रशासनतर्फ ७.५, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तिय एवं आर्थिक व्यवस्थापन ९.२५, सेवा प्रवाहमा १३.२५, न्यायीय कार्यसम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ८, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य एवं समन्वयमा १ अंक हासिल गरेको हो ।

चितवन जिल्लाकै अन्य पालिकाहरुमध्ये देशकै उत्कृष्ट रहँदै खैरहनी नगरपालिकाले ९२.७५ अंक हासिल गरेको छ । यस्तै, रत्ननगर नगरपालिकाले ८९, भरतपुर महानगरपालिकाले ८६.५, कालीका नगरपालिकाले ७९ र राप्ती नगरपालिकाले ६५.५ अंक हासिल गरेका छन् भने जिल्लाको एकमात्रै गाउँपालिका रहेको इच्छाकामना गाउँपालिकाले ८४.५ अंक हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार