चितवन खबर पोष्ट

धानखेतमा गैंडा मरेको घटनामा माडी भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पुर्पक्षका लागि थुनामा

माडी, चितवन — माडीको भैरवपुर गाउँमा धानबाली जोगाउन खेतमा तारबार गरी करेन्ट प्रवाह गर्दा गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक, माडी नगरपालिका-२, भैरवपुर निवासी श्रेष्ठलाई निकुञ्ज प्रशासनले पक्राउ गरी मुद्दा चलाएको थियो ।

सोमबार मुद्दा दायर भई मंगलबार अदालतमा थुनछेक बहस सम्पन्न भएपछि जिल्ला न्यायाधीश दयाराम ढकालले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन् । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार घटना अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

गैंडा मरेको धानखेत कृषक श्रेष्ठको नीजि स्वामित्वको जमीन हो र सो खेत निकुञ्जको सीमाभन्दा २.५ किलोमिटर टाढा मानव बस्ती क्षेत्रमा रहेको छ । घटनालगत्तै कृषक श्रेष्ठको बिनासर्त रिहाईको माग गर्दै माडीमा आन्दोलन भएको थियो भने दलहरुले निकुञ्जमा संयुक्त डेलिगेशन सहित संयुक्त वक्तव्य निकाली मध्यवर्ती निर्वाचन स्थगन गर्न अनुरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार