चितवन खबर पोष्ट

माडी नगरपालिकाले सामान्य शंसोधन सहित तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक

माडी, चितवन । माडी नगरपालिकाले भाडादरमा सामान्य शंसोधन सहितको अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । यसअघि साउन १ गतेबाट लागु रहेको भाडादर महंगो र नमिल्दो रहेको चर्को जनगुनासोबिच पालिकाले भदौ १ बाट लागु हुनेगरी शंसोधित भाडादर कायम गरेको हो ।

शंसोधित भाडादरमा बरुवा बजारबाट वरपरका स्थानसम्म पुग्ने सबैजसो भाडादर घटाइएको छ । बसन्तपुरबाट चल्ने अधिकांश भाडादरमा कुनै परिवर्तन भएको छैन भने खरकट्टाबाट वरपरका स्थान पुग्ने भाडादर निर्धारण भएको देखिन्छ ।

शंसोधित प्रतिव्यक्ति (एकल) भाडादर अनुसार बरुवा बजारबाट चिरौलीसम्मको रु.५०, गर्दी सम्मको रु.५०, रिउ पुलसम्मको रु.८०, द्रौपतिनगरको रु.१५०, कल्याणपुर कटेजको रु.१२०, घोसरीको रु.१५०, सिधुवा चोकको ७५, खैरहनीको १२०, रेडहि पार्कको १५०, छरछरेको २०० र भैरवपुरसम्म यात्रा गरेको भाडादर रु.५० रहेको छ ।

यसैगरी सेरुवा गेटबाट रिउ पुलको रु.५०, बनकट्टा बोटे टोलको रु.५० तथा द्रौपतिनगर पाण्डवनगर, गोद्धक, कल्याणपुर सबै ठाउँको समान रु.१०० भाडादर तोकिएको छ । यस्तै सिधुवाबाट घोसरी पारीको रु.१००, एकता स्तम्भको ६०, अम्रौलीको रु.३०, सिम्रहनीको रु. ५० र बिरञ्चीको रु. ४० भाडादर कायम भएको छ ।

त्यस्तै, खरकट्टा टावरबाट कृष्णचोकको रु.५०, मनिसा चोकको रु.७० र बैकुण्ठे सम्मको रु.१०० भाडादर तोकिएको छ । यसअघि ७ बर्षमाथिका सबैलाई भाडादर लाग्ने भनिएकोमा नयाँ भाडादरमा १० वर्षभन्दा माथिका यात्रुहरूलाई मात्र भाडा लाग्ने व्यवस्था गरिएको छ । नगरपालिका र माडी अटो व्यवसायी समितिबीचको सहमतिमा नयाँ दर कायम भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार