माडी (स्थानीय) खबर पोष्ट

भविश्वर ढकालको अध्यक्षतामा नेपाल ढकाल समाज प्रतिष्ठान माडी नगर समिति पुनर्गठन

माडी, चितवन — माडी क्षेत्रमा बसोबास गर्ने ढकाल समुदायको भेलाले भविश्वर ढकालको अध्यक्षतामा नेपाल ढकाल समाज प्रतिष्ठानको माडी नगर समिति पुनर्गठन गरेको छ ।

समाजको प्रथम माडी नगर अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद ढकाल, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा निलकण्ठ ढकाल र सहसचिवमा निर्मल ढकाल रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा पदम ढकाल, संजय ढकाल, सरस्वती ढकाल, श्रीराम ढकाल, मधु ढकाल र खेमलाल ढकाल रहनुभएको छ । समाजका केन्द्रीय सदस्य कृष्णहरि ढकालको प्रमुख आतिथ्यमा सञ्चालित ढकाल भेलाको विशिष्ट अतिथिमा बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार