

माडी, चितवन — अघिल्लो संस्करणको जीत दोहोर्याउँदै रत्ननगर नगरपालिकास्थित प्याराडाइज फुटबल क्लबले ३०औं स्टार कप फुटबल प्रतियोगिताको उपाधी चुमेको छ ।
शनिवार उल्लेख्य दर्शकहरुको उपस्थितिमा माडीको बरुवामा सञ्चालित फाइनल खेलमा आयोजक स्टार स्पोर्ट युवा क्लबलाई २–० गोलअन्तरबाट पराजित गर्दै प्याराडाइज क्लबले स्टार कप उचालेको हो । फाइनल खेलको म्यान अफ द म्याच म्यान अफ द म्याच प्याराडाइजका शिशिर लेखी घोषित हुनुभयो ।

समग्र प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) स्टार स्पोर्ट युवा क्लबका हेम तामाङ र बेष्ट गोलकिपर स्टार स्पोर्टकै केशर कोइराला घोषित हुनुभयो । त्यस्तै, सर्बाधिक गालकर्ता प्याराडाइजका राज भुसाल र बेष्ट टिम कोचको उपाधी प्याराडाइजकै प्रशिक्षक चन्दन चौधरीलाई प्रदान भयो ।

प्रतियोगितामा इमर्जिङ प्लेयर (उदीयमान खेलाडी) बसन्तपुर युनाइटेडका प्रतिक महतो घोषित हुनुहुँदा फेयर प्ले टिमको सम्मान पनि बसन्तपुर युनाइटेड क्लबलाई नै प्रदान भएको थियो । आयोजक क्लबका अध्यक्ष सन्देश बरालको अध्यक्षतामा सम्पन्न फाइनल खेलको प्रमुख अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की रहनुभएको थियो ।