

माडी, चितवन — माडीको फुटबल विकासमा अविच्छिन्न योगदान गरेका प्रणेता व्यक्तित्वका रुपमा बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नविन बस्याल सम्मानित हुनुभएको छ ।
३०औं संस्करणको स्टार कप फुटबलको फाइनल खेल एवं समापन कार्यक्रमको अवसर पारी माडी नगरपालिका वडा नम्बर ३ निवासी पूर्व खेलाडी, फुटबल प्रशिक्षक एवं राष्ट्रिय रेफ्री सम्मानित हुनुभएको हो ।

बस्यालको नेतृत्वमा बसन्तपुर युनाइटेड क्लबले स्थानीय र क्षेत्रीयस्तरका थुप्रै प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै र खेल स्पर्धा आयोजना समेत गर्दै आएको छ ।

बस्यालको अथक प्रयास र नेतृत्वले स्थानीय स्तरमा फुटबलको स्तरवृद्धि हुनुका साथै नयाँ युवा खेलाडीहरूलाई खेलप्रति आकर्षित गर्न र प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिता आयोजकले बस्यालको योगदानको उच्च कदर गर्दै यो सम्मान प्रदान गरेको हो ।