

माडी, चितवन — भौतिक विकास निर्माण र सामाजिक क्षेत्रमा योगदानसंगै माडीको फुटबल र अन्य खेल क्षेत्रको विकासमा विशेष योगदान गरेका प्रणेता व्यक्तित्वका रुपमा माडी-१ का वडाध्यक्ष एवं युवा अगुवा अमित लामा सम्मानित हुनुभएको छ ।
स्टार स्पोट्र्स क्लब बरुवाको आयोजनामा सञ्चालित ३०औँ स्टार कप फुटबल प्रतियोगिताको समापन कार्यक्रमको अवसरमा लामालाई दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको हो ।

स्थानीय युवाहरूलाई खेलकुदप्रति उत्प्रेरित गर्न र वडामा खेलकुदको वातावरण सिर्जना गर्न लामाले महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले उहाँको प्रशंसा गरेको थियो । पछिल्लो ३० बर्षदेखि सञ्चालन हुँदै आएको स्टार कप फुटबलको निरन्तरतामा समेत लामाको विशेष भूमिका रहँदै आएको छ ।
