चितवन खबर पोष्ट

रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन

माडी, चितवन — माडी र ठोरी क्षेत्रमा बसोबास गर्ने सापकोटा समुदायको भेलाले रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विदुर सापकोटा, सचिवमा काशीनाथ सापकोटा, सह–सचिवमा देवीलाल सापकोटा र कोषाध्यक्षमा स्वस्तिका सापकोटा रहनुभएको छ । त्यसैगरी, कार्यसमिति सदस्यहरूमा कृष्ण प्रसाद सापकोटा, चन्द्रकान्त सापकोटा, ज्ञानुमाया सापकोटा र शिव प्रसाद सापकोटा रहनुभएको छ ।

त्यस्तै ३ सदस्यीय सल्लाहकार समिति संयोजकमा बालकृष्ण सापकोटा रहनुभएको छ । अर्का सदस्यमा ध्रुब सापकोटा रहनुभएको छ भने अर्का एक सदस्य पछि थप हुने जनाइएको छ ।

पूर्व वडाध्यक्ष समेत रहनुभएका बालकृष्ण सापकोटाकोे अध्यक्षतामा सम्पन्न सापकोटा भेला कार्यक्रमको प्रमुख अतिथिमा सापकोटा कल्याण केन्द्रका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शालिग्राम सापकोटा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार