चितवन खबर पोष्ट

निर्माण व्यवसायी संघ चितवनद्वारा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित

माडी, चितवन — निर्माण व्यवसायी संघ चितवनको ३१औं वार्षिक साधारण सभाका अवसरमा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित हुनुभएको छ ।

संघले निर्माण व्यवसायसँग सम्बन्धित समाचार, विचार र विश्लेषण प्रकाशित गरी व्यवसायीहरूको हकहित उठानमा योगदान पुर्‍याउँदै आएकोमा विश्वकर्मासंगै चितवनका अन्य तीनजना पत्रकार शालिग्राम नेपाल, राजु भट्ट र अस्मिता पराजुलीलाई सम्मान गरेको हो ।

उहाँहरूलाई संघका अध्यक्ष दिनेशचन्द्र न्यौपाने र महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले जनही ५ हजार रूपैंया सहित, सम्मान-पत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । अध्यक्ष न्यौपानेले पत्रकारहरूले निर्माण व्यवसाय क्षेत्रका गतिविधि, चुनौती र आर्थिक पाटोलाई निरन्तर जनता समक्ष पुर्‍याइरहेको भन्दै सो योगदानको कदर स्वरूप सम्मान गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार