स्वदेशपोष्ट विशेष

दिवंगत कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन

चितवन, माडी – माडीका दिवंगत हाँस्य कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन भएको छ । दिवंगत पाठकका सहोदर दाजु विपिन पाठकको अध्यक्षतामा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामको संस्थाको दतर्थ समिति गठन भएको हो।

शुक्रबार माडी नगरपालिकाको सभाहलमा सम्पन्न भेलाबाट तदर्थ समिति उपाध्यक्षमा इन्दिरा तिवारी, महासचिवमा हरी रानाभाट, सचिवमा रामचन्द्र लम्साल, सहसचिवमा दुर्गाकुमारी लामिछाने र कोषाध्यक्षमा प्रविन देवकोटा चयन हुनुभएको छ । सदस्यहरूमा देब नारायण शाह, हरी प्रसाद न्यौपाने, कृष्ण प्रसाद पाठक, डा. एन्जिला चौलागाई, अर्जुन अर्याल, शुक्रमिया चौधरी, सिता पाठक, दीप्ति विश्वकर्मा, शंकर गिरी र बालकृष्ण पाण्डे रहनुभएको छ ।

त्यस्तै, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका नारायण प्रसाद सापकोटाको संयोजकत्वमा स्मारिका प्रकाशन उपसमिति, अधिवक्ता पुर्णचन्द्र चापागाईको संयोजकत्वमा विधान लेखन उपसमिति तथा माडी नगर प्रमुख तारा कुमारी काजी महतोको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ।

नवगठित प्रतिष्ठानले स्व. भुपराज पाठकको स्मृतिमा उहाँलाई जीवन्त राख्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने एवं पत्रकारिता र शिक्षक सम्मान प्रदान गर्ने लगायतका योजना सार्वजनिक गरेको छ। भेलाको अध्यक्षता स्वर्गीय भूपराज पाठकका पिता बालकृष्ण पाठकले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार