शैक्षिक खर्च जुटाउन माडीको जनकल्याण मा. वि.मा हाँसपालन र कृषि परियोजना

421
SwadeshPost

२ श्रावण, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत हाँसपालन गरेको छ ।

स्कुल परिसरमै रहेको पुरानो भवनभित्र हाँसको ब्रिडिङ सेन्टर समेत बनाई जनकल्याणले हाँस पालेको हो । स्कुलका शिक्षकहरुले पालैपालो हाँसको रेखदेख र दानापानीमा सघाउने गरेको विद्यालयका प्रधानाध्यापक राम बहादुर जि.सी.ले जनाउनुभयो । हाँस बिक्रीबाट भएको आम्दानी विद्यालयको शैक्षिक कार्यमा खर्च हुने गरेको उहाँले बताउनुभयो ।

विद्यालयले बागमती प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको ६ लाख रुपैंया अनुदानमा हाँसपालन गरेको हो । त्यसबाहेक करीब २ बिगाहा क्षेत्रफलमा धानरोपाईं गरिएको र तरकारी खेती समेत गरिएको विद्यालयले जनाएको छ । यसप्रकारको कार्यकलापबाट विद्यार्थीहरुलाई व्यवहारिक सिकाई सहजिकरण हुनुका साथै विद्यालयलाई आय समेत हुने सो विद्यालयमा कार्यरत शिक्षकहरु बताउँछन् ।

SwadeshPost