चितवन । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) माडी नगर समितिले विविध शैक्षिक मागहरु राखी नगर-प्रमुखलाई ज्ञापन पत्र पेश गरेको छ ।
माडीका नगरप्रमुख ताराकुमारी काजी महतो लाई हस्तान्तरित ज्ञापन पत्रमा संविधान प्रदत्त शैक्षिक अधिकारको प्रत्याभुति, सम्पूर्ण शैक्षिक संस्थाहरुमा आवश्यकता अनुरुप शिक्षकको व्यवस्था, पर्याप्त सेनिटरी प्याड र शुद्ध पिउने पानीको प्रवन्ध तथा विद्यार्थीको अनुपात अनुरुप व्यवस्थित शौचालयको व्यवस्थापन हुनुपर्ने माग उठाइएको हो ।
त्यसैगरी, हरेक विद्यालयमा अनिवार्य रुपमा नियमित अतिरिक्त क्रियाकलाप गराउनुपर्ने र त्यसका लागि छुट्टै शिक्षकको व्यवस्था हुनुपर्ने समेत माग राखिएको संगठनका नगर अध्यक्ष रुजित अर्यालले जानकारी दिनुभयो ।