चितवन । बिप्लव नेतृत्वको नेकपा निकट जनस्वास्थ्य महासंघका महासचिव एवं युवा नेता डा. प्रकाश चन्दले आसन्न आमनिर्वाचन बहिष्कार गर्न अनुरोध गर्नुभएको छ ।
नेकपा चितवनले माडीको बसन्तपुरमा आयोजना गरेको प्रदेश र संघीय चुनाव खारेजी अभियान अन्तरगतको विरोध प्रदर्शनमा बोल्दै डा. चन्दले दलाल संसदीय व्यवस्थामा हुने चुनाबले व्यक्ति फेरेपनि व्यवस्था नफेरिनी बताउँदै चुनाब खारेज गर्न आग्रह गर्नुभएको हो ।
चुनावमा घरदैलो गर्नेहरूलाई देशको मुहार फेर्ने हुटहुटी रहेको भए सरकारमा वा सिंहदरबारमा छिर्न नभई जनताको साथमा बसेर परिवर्तन गर्न सकिने उहाँको भनाई थियो ।
साम्राज्यबादी अमेरिकालाई चुनाबबाट नभई युद्धबाट पराजित गरेका तालिबानहरुको उदाहरण दिँदै नेपालमा पनि गाउँघरमै बसेर परिवर्तन ल्याउन सकिने उहाँले टिप्पणी गर्नुभयो । जग्गा खण्डिकरण गर्ने दलालहरु चुनाबमा भिँडेको उहाँको आरोप थियो ।