चितवन । माडी नगर युवा सञ्जालले माडीका विद्यालयलहरुलाई प्लास्टिक मुक्त बनाउने अभियानको सुरुवात गर्दै एक विद्यालयलाई माटो र स्टीलबाट निर्मित भाँडाकुँडा प्रदान गरेको छ ।
विज्ञापन १
सञ्जालले माडी नगरपालिका वडा नं. ६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा प्रतिकात्मक रुपमा माटोबाट बनेका घैला सहित स्टीलबाट बनेका जग र कप सहित झोलाहरु हस्तान्तरण गरेको हो । विद्यालय र कक्षाकोठाबाट प्लास्टिक हटाउँदै लैजाने र पछि समुदायबाटै प्लास्टिकको प्रयोग घटाउन अभियान चलाउने सञ्जालका अध्यक्ष मिरन दनुवारले बताउनुभयो ।
विज्ञापन 2
सञ्जालले माडी-६, बसन्तपुरमा वातावरणमैत्री झोला उत्पादन समेत गरिरहेको छ भने वातावरण संरक्षणमा युवा परिचालन गर्दै वृक्षारोपण तथा जागरणमूलक विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको सञ्जालका सदस्य मनिषा कुमारी महतो पंजियारले जनाउनुभयो ।