बुधबार, मङि्सर १९, २०८१
बुधबार, मङि्सर १९, २०८१

चितवन खबर पोष्ट

माडी एकीकृत समावेशी दीगो विकास परियोजनाद्वारा माडीमा उद्यमशीलता तालिम सञ्चालित

  • A
  • A+
  • A++

माडी, चितवन । डेनिस दातृ संस्थाको सहयोगमा माडीमा स्थापित र सञ्चालित माडी एकीकृत समावेशी दीगो विकास परियोजना (संस्था)ले माडीमा उद्यमशीलता तालिम सञ्चालन गरेको छ ।

विज्ञापन १

माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा सञ्चालित सो तीनदिने तालिम कार्यक्रममा माडीमा विभिन्न व्यवसाय गरिरहेका व्यक्ति र स्टार्टअप गर्न चाहने नवयुवाहरु सहभागी रहेका थिए । बिटफ्लक्स टेक्नोलोजिज भरतपुरका विज्ञ परामर्शदाता एवं प्रशिक्षकहरुबाट सहजिकरण गरिएको सो तालिमका सहभागीहरुले उद्यम सम्बन्धी विभिन्न बिषयका कार्यशालामा सहभागिता जनाएका थिए ।

विज्ञापन २

परियोजनाको एक उद्देश्य अनुरुप माडीमा उद्यम विकास गरी आर्थिकस्तर उकास्न चाहिएको संस्थाका अध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो ।माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरुले उद्यम व्यवस्थापनका विविध आयाम, व्यवसाय प्रवर्द्धन र समस्या निदानका उपायहरुबारे तालिमबाट राम्रो ज्ञान मिलेको प्रतिक्रिया दिएका छन् ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया