मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

‘रा.स्व.पा. सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुन्छ’: प्रचण्ड

  • A
  • A+
  • A++

माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुने’ बताउनुभएको छ ।

विज्ञापन १

मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति नरहने’ बताउँदै ‘रविमाथि अत्याचार बढ्दै गए संसदको विशेष अधिवेशन बोलाएर प्रतिरोध गर्ने चेतावनी’ समेत दिनुभयो ।

विज्ञापन २

‘अहिले मानौँ महान अपराधी फेला पारियो भने जस्तो गरी रविलाई कहिले मध्यरातमा आतंकित पार्दै एक ठाउँबाट अर्को ठाउँमा सार्ने, अर्को ठाउँबाट अर्को ठाउँमा सार्ने गरेका छन्’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

विज्ञापन ३

उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न होइन, रक्षा गर्ने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धन बनेको आरोप लगाउनुभयो । भरतपुर महानगरपालिका र यसका मेयर रेनु दाहालको चर्चा देशभित्र मात्र नभई विश्वस्तरमा भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाशले बेथिति र भ्रष्टाचारविरुद्ध माओवादी केन्द्रले मंसिर २८ गते कालिका नगरपालिकामा र २९ गते माडी र राप्ती नगरपालिका एवं इच्छाकामना गाउँपालिकामा खबरदारी सभा आयोजना गरिएको जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया