चितवन खबर पोष्ट

विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन समितिद्वारा खुला रत्यौली प्रतियोगिता आयोजित

२ मंसिर, माडी । विवाह उत्सवका दिन बेहुलाको घरमा विशेष आकर्षणका रुपमा रहने रत्यौली गायनले माडीको अयोध्याधामस्थित राम मन्दिर गुञ्जिने भएको छ ।

आउँदो मंसिर ९ गते परेको विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन समितिले खुला रत्यौली प्रतियोगिता आयोजना गरेको हो । माडी क्षेत्रमै (सम्भवतः चितवनमै?) पहिलोपटक आयोजना भएको सो प्रतियोगितामा सहभागी हुने टोलीले रत्यौली गायन एवं नृत्य प्रस्तुत गर्ने भएका हुन् ।

प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः ५ हजार, ३ हजार र २ हजार रहेको तथा सान्त्वना पुरस्कार १५०० रहेको अयोध्याधाम विकासका अगुवा एवं शिक्षक रामप्रसाद भण्डारीले जनाउनुभयो ।

त्रेतायुगमा अयोध्याका युवराज श्रीराम र मैथिल राजकुमारी सीताको विवाह भएको दिनको सम्झनामा यस वर्ष फरक कार्यक्रमको तयारी गरिएको समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयो । अघिल्ला बर्षहरूमा यस उत्सवका दिन भजन प्रतियोगिता सञ्चालन हुनेगरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार