खेल र खेलाडी पोष्ट

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात

२ मंसिर, माडी । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।

कर्णालीले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। कर्णालीका लागि प्रियांक पन्चलले उत्कृष्ट ९० रनको अर्धशतकीय पारी खेले।

जवाफमा उत्तरेको चितवनले १९ ओभर १ बलमै ६ विकेटको क्षतिमा १७१ रन बनाउँदै सहज जीत हात पार्‍यो। चितवनको जितमा रवि बोपाराले ५२ रनको शानदार पारी खेले। बोहलाको समर्थन गर्दै दीपक बोहराले ४२ रन, शैब जेबले ३८ रन र कप्तान कुशल मल्लले २० रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने यूनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक–एक विकेट हात पारे। जितसँगै चितवन राइनोजले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार