६ मंसिर, माडी । माडीबाट भरतपुरका लागि छुटेको बसको ठक्करबाट माडी–१, गर्दी गाउँमा एकजना पैदलयात्रुको ज्यान गएको छ । बगहीँबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट स्थानीयबासी, अन्दाजी ६० बर्षका फिरल महतोको घटनास्थलमै ज्यान गएको हो ।
सडक छेउ पैदल हिँडिरहेको समयमा महतोलाई बसले ठक्कर दिएको बताइएको छ । घटना हुँदा नियन्त्रण गुमाउँदै बस बाटो छेउ खेतमा पुगेको छ भने अगाडिको सिसा फुटेको छ । बसमा सवार ४ जना यात्रुहरु सामान्य घाइते भएका छन र यो समाचार तयार पार्दासम्म उनीहरुलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याइएको छ ।

बसका चालक र सहचालक फरार रहेको र उनीद्वयको खोजी भइरहेको प्रहरी श्रोतले जनाएको छ । बिहान करीब ५ः३० बजे कुहिरो लागेको समयमा दुर्घटना भएको हो ।


