देश-प्रदेश खबर पोष्ट

प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने कांग्रेसको निर्णय, तत्काल दल दर्ता गर्ने

६ मंसिर, माडी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ। शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २०८२ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन सहमति जनाएको हो।

बैठकमा महामन्त्री गगन थापाले “प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय” गरेको सुनाउनुभयो ।

कांग्रेसले यसै सँगै माघ ११ गतेदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय पनि गरेको छ।

बैठकले मुलुक अभूतपूर्व राजनीतिक सङ्कटमा परेको समयमा सबै दल र नागरिकहरूले सहकार्य, संयमता र धैर्यता सहित एकताबद्ध हुन आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ। तर बैठकमा आगामी महाधिवेशनबारे भने कुनै निर्णय नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार