देश-प्रदेश खबर पोष्ट

जेनजीसँग ‘नेकपा कार्यक्रम’ : युवालाई मुलुकको जिम्मेवारी सुम्पिने प्रचण्डको घोषणा

६ मंसिर, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकको भविष्यको जिम्मेवारी युवामै सुम्पिनुपर्ने बताउनुभएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जेनजी कार्यकर्तासँग संवाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि युवाको सक्रियता अनिवार्य भएको उनले जोड दिनुभयो ।

भदौ २३–२४ मा जेनजीले सुरु गरेको आन्दोलनले देशभर नयाँ चेतना फैलाएको र नयाँ उत्साह सिर्जना गरेको उहाँको भनाई थियो । आन्दोलनमा सहभागी सबैलाई बधाइ दिँदै उहाँले जेनजीले उठाएका माग सही रहेको औंल्याउनुभयो ।

महिला, दलित, आदिवासी–जनजाति, थारु, मुस्लिम, मधेशीलगायत उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न पनि युवाको खबरदारी निर्णायक भएको उनको भनाइ थियो । कार्यक्रममा प्रचण्ड सहित, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत नेता तथा जेनजी रेड फोर्सका कार्यकर्ताहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार