०४ पाैष, माडी । माडी-८, खरकट्टास्थित जनजीजन माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको विद्यालय अक्षय कोषमा चितवन समाज भिक्टोरिया, अष्ट्रेलिया ले पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ । विद्यालय परिवारले शैक्षिक विकासका लागि निरन्तर सहयोग गर्दै आएको चितवन समाज भिक्टोरिया, अष्ट्रेलियाप्रति र सहयोग सहजीकरण गर्नुहुने कदम शर्माप्रति धन्यवाद ज्ञापन समेत गरेको छ ।

विद्यालयले यस्ता सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थपिने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत सबै सरोकारवालाको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज गौतमले बताउनुभयो ।



