कृषि र कृषक पोष्ट

माडी क्षेत्रमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिमहरू सञ्चालन हुँदै

२३ पाैष, माडी । गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत माडी नगरपालिकाको वडास्तरमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिम सञ्चालन अभियान जारी रहेको छ ।

अभियानका रूपमा नगर क्षेत्रभर जारी रहेको सो कार्यक्रम बुधबार माडी ४ मा सञ्चालन भएको हो । तालिमका क्रममा पशु चिकित्सक डा. सन्तोष क्षेत्री, नवराज चापागाईं, पशु प्राविधिक सन्तोष खड्का र मोहनदत्त रानाभाटले सहभागीलाई पशु आहार तथा हेरचाह, उन्नत नश्ल प्रवर्द्धन, पशु स्वास्थ्य, फिड व्यवस्थापन, दुग्ध उत्पादन वृद्धि तथा बजार व्यवस्थापनसम्बन्धी विषयमा अनुशिक्षण गर्नुभएको थियो ।

माडी एकीकृत समावेशी दिगो विकास परियोजनाका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सञ्चालित तालिममा वडाका पशुपालक एवं दुग्ध उत्पादक कृषकहरू सहभागी रहेका थिए । कार्यक्रम सञ्चालनमा माडी एकीकृत समावेशी दिगो विकास परियोजनाले प्राविधिक सहयोग गरेको हो ।

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीको आयोजनामा, भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ तथा माडी नगरपालिकाको सह–प्रवर्द्धनमा अभियानका रूपमै तालिम सञ्चालन भइरहेको हो।

तपाईको प्रतिक्रिया