खेल र खेलाडी पोष्ट

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति मा.वि. विजयी (भिडियो सहित)

माडी माध्यमिक विद्यालय, बसन्तपुरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ नै विजयी भएको छ ।

फाइनल स्पर्धामा कृष्णनगर माध्यमिक विद्यालय, माडी-९, कृष्णनगरको टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दैै दिवाकरका पुरुष शिक्षक (सर)हरु विजयी भएका हुन् । पुरुषतर्फ बेष्ट स्पाइकरमा दिवाकर स्मृतिका युवराज सुवेदी र बेष्ट लिफ्‌टरमा पनि दिवाकरकै रबिन्द्र अर्याल घोषित हुनुभयो । बेष्ट डिफेन्स कृष्णनगरका बिनोद अधिकारी घोषित हुनुभयो ।

त्यस्तै, फाइनल स्पर्धामा गणेशकुञ्ज आधारभूत विद्यालय, माडी–९, गणेशकुञ्जको टोलीलाई ३–० (२५–१७, २५–२१ र २५–१८) को सोझो सेटमा पराजित गर्दैै दिवाकरका महिला शिक्षक (म्याडम)हरु विजयी भएका हुन् । महिलातर्फ बेष्ट स्पाइकरमा दिवाकर स्मृतिका कुबिजा पोख्रेल र बेष्ट लिफ्‌टरमा पनि दिवाकरकै सारदा भट्टराई घोषित हुनुभयो । बेष्ट डिफेन्स गणेशकुञ्जका सरिता पराजुली घोषित हुनुभयो ।

शिक्षकहरुबिच मित्रता र सद्भाव बढाउन तथा विद्यार्थीहरुमा भलिबल खेलप्रति उत्प्रेरणा जगाउने उद्देश्यले माडीका शिक्षकहरुबिच २ दिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन भएको हो । माडीका शिक्षक शिक्षिकाहरुबिच हरेक बर्ष एकपटक नगर स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल स्पर्धा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया