चितवन खबर पोष्ट

नेपाली कांग्रेस चितवन ३ का उम्मेदवार टेकप्रसाद गुरुङद्वारा माडी क्षेत्रमा वडा कार्यालयहरु स्थापित

२३ माघ, माडी । चुनाब प्रचार एवं पार्टी परिचालनका क्रममा नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रमा वडा सम्पर्क कार्यालयहरु स्थापना गर्नुभएको छ । कांग्रेसले विहिबार माडी नगरपालिकाका ५ वटा वडाहरुमा सम्पर्क कार्यालयहरु स्थापना गरेको हो ।

वडा नं. १ र २ मा कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि साजन महतो तथा वडा नं. ६ र ७ मा अर्का नेता तथा महाधिवेशन प्रतिनिधि कर्ण गुरुङको विशेष उपस्थितिमा पार्टी सम्पर्क कार्यालय स्थापना भएको हो । त्यस्तै माडी ४ मा पार्टीका माडी नगर सभापति कोमलनाथ भुसालको विशेष उपस्थितिमा सम्पर्क कार्यालय स्थापना भएको हो ।

वडा कार्यालयहरु स्थापना भएको स्थानमा घरदैलो अभियान सुरु भएको कांग्रेस नगर सभापति भुसालले बताउनुभयो । कांग्रेस उम्मेदवार गुरुङ हाल भरतपुर क्षेत्रमा चुनाबी घरदैलोमा सक्रिय रहनुभएको छ । लोकतन्त्रको सुदृढिकरण र चितवनको विकासका लागि आफ्‌नो उम्मेदवारी रहेको गुरुङले बताउने गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया