चितवन खबर पोष्ट

रास्वपा उम्मेदवार गौतमद्वारा अघिल्लो कार्यकालमा जनताका मुद्दा उठाएको दाबी (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ का उम्मेदवार एवं पूर्व सांसद सोविता गौतमले अघिल्लो कार्यकालमा करिब साढे तीन वर्ष संसद्मा बसेर जनताको पक्षमा मेहनत गरेको जिकिर गर्नुभएको छ ।

सो अवधीमा संसदमा बोल्ने प्रत्येक अवसरमा नेपाली जनताका मुद्दा उठाएको बताउँदै उहाँले आफ्‌नो कामको मूल्याङ्कन जनताले नै गर्ने बताउनुभयो । हाल भरतपुरका विभिन्न वडाहरुमा चुनाबी घरदैलोमा व्यस्त रहनुभएका नेतृ गौतमले स्थानीय तहका समस्या राष्ट्रिय मुद्दाका रूपमा संसद्मा उठाउने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो ।

चितवन क्षेत्र नं. ३ का मतदाताले भोगिरहेका समस्याहरू यसपटक संसद्मा अझ गुञ्जायमान तरिकाले उठाउने बताउँदै उहाँले जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउनुभयो । मतदाताको भूमिकालाई निर्णायक भन्दै उहाँले योग्य प्रतिनिधि छान्ने जिम्मेवारी जनताकै हातमा रहेको औंल्याउनुभयो ।

तपाईको प्रतिक्रिया