चितवन खबर पोष्ट

माडीको रेवा (रिउ) खोलाको पानीमा एक जनाको शव भेटियो, माछा मार्दैगर्दा हृदयघात भएको आशंका

२६ माघ, माडी । माडीको रेवा (रिउ) खोलाको पानीमा एक जनाको शव भेटिएको छ । माडी-१, पाण्डबनगर निवासी अन्दाजी ३५ बर्षका आइतराम बोटको शव रीउ नदीको पुलभन्दा करीब १ किलोमिटर पूर्वतर्फ पानीभित्रै भेटिएको हो ।

आइतबार (माघ २५ गते) बिहान ७ बजे जंगलतिर जान्छु भनी घरबाट निक्लिएदेखि परिवारसंग सम्पर्कविहिन रहेका बोटको खोजी गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरूले सोमबार बिहान करीब १०ः४० बजे उनलाई पानीभित्र मृत अवस्थामा फेला परेका हुन् ।

रीउ नदीमा हाल मानिसलाई डुबाउने गहिराई नरहेकाले बोटले माछा मार्दैगर्दा हृदयघात भएको स्थानीयले आशंका गरेका छन् । शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनापछि पाण्डवनगर गाउँ शोकमग्न बनेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार