चितवन खबर पोष्ट

माडी नगरपालिकामा लक्ष्यको ९७ प्रतिशत बालिकाहरुलाई एच.पि.भी. विरुद्धको खोप लगाइयो

२६ माघ, माडी । देशव्यापि अभियान अन्तरगत माडी नगरपालिकामा २४७ जना बालिकाहरुलाई एच.पि.भी. विरुद्धको खोप लगाइएको छ । नगर क्षेत्रभर यो खोप लगाउनुपर्ने २५६ जना रहेकोमा २४७ जनालाई खोप लगाइएको र यो लक्ष्यको ९७ प्रतिशत रहेको माडी नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो ।

पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई खोप लगाइएको शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो । माडीभरी १८ वटा विद्यालय र १० वटा शैक्षिक संस्थामा यो खोप लगाइएको हो ।

एचपीभी खोप अभियानको रूपमा नेपालभर नै सञ्चालन हुँदैछ । १० देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको पहिलो कारण मानिन्छ ।

तपाईको प्रतिक्रिया