चितवन खबर पोष्ट

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६७.१३ अंकसहित माडी नगरपालिका चितवनमा तेश्रो

०१ फागुन, माडी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको पछिल्लो (आ.व. २०८१/८२ को) कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिकाले ६७.१३ अंकसहित चितवन जिल्लामा तेश्रो भएको छ ।

कार्यसम्पादन मुल्यांकनमा चितवन जिल्लामा इच्छाकामना गाउँपालिका ७४.३३ अंकसहित सबैभन्दा उच्च स्थानमा रहेको छ । त्यस्तै भरतपुर महानगरपालिका ६८.०४ अंक सहित दोश्रो स्थानमा रहेको छ भने तेश्रो स्थानमा माडी नगरपालिका (६७.१३ अंक) रहेको छ ।

यसबाहेक, खैरहनी नगरपालिकाले ६५.१०, कालिका नगरपालिकाले ६४.५२ अंक, रत्ननगर नगरपालिकाले ६३.२३ अंक र सबैभन्दा पुछारमा रहँदै राप्ती नगरपालिकाले निकै कमजोर अर्थात ३६.२० अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

१०० अंकभारको मूल्यांकनमा माडी नगरपालिकाले अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा पाएको ६९ अंकभन्दा केहि खस्किएको नतीजा प्राप्त गरेको हो । चितवनका सबैजसो पालिकाकै अंक अघिल्लो आर्थिक बर्षको तुलनामा केहि घटेर आएको देखिन्छ ।

वित्त आयोगले निर्धारित समयमा नगर/गाउँसभा, आवधिक र अन्य योजना, विभिन्न कर संकलन, विद्यालय भर्ना, सामुदायिक विद्यालयबाट एसइईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, पूर्ण खोप, सरसफाई, हरियाली प्रवद्र्धनको अवस्था लगायतलाई सूचकमा राखी बार्षिक रूपमा देशव्यापी मुल्याङ्कन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार