चितवन खबर पोष्ट

नेकपाबाट उम्मेदवार रेनु दाहालको फरक प्रयास, वेवसाइट लञ्च गरी मतदातासंग डिजिटल सम्पर्क

६ फागुन, माडी । नागरिकहरुसंग डिजिटल सम्पर्क स्थापनाका लागि नेकपाबाट चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले वेवसाइट लञ्च गर्नुभएको छ । आफ्ना राजनीतिक दर्शन, अभियान, लक्ष्य साथै मतदातासँग सिधा संवाद गर्ने उद्देश्यले https://www.renuformp.com डोमेनमा दाहालले वेवसाइट सुरु गर्नुभएको हो ।

वेबसाइटमार्फत् आगन्तुकहरूले उम्मेदवार रेनु दाहाल को जीवन परिचय, राजनीतिक अनुभव, विकास योजना र आगामी निर्वाचनका लक्ष्यबारे विस्तृत जानकारी पाउने व्यवस्था रहेको देखिन्छ । यसबाहेक, समर्थक वा शुभेच्छुकहरूले प्रतिक्रिया, सुझाव र प्रश्न पठाउन सक्ने सुविधा पनि यसमा उपलब्ध रहेकोछ ।

दाहालले आफ्नो चुनावी अभियानका क्रममा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूको प्रयोगलाई पनि जोड दिँदै मतदातासँग सिधा संवाद कायम गर्ने रणनीति अपनाउनुभएको छ । नेपाली राजनीतिमा डिजिटल प्रविधिको प्रयोग क्रमश: बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार