प्रतिनिधिसभा निर्वाचन अन्तरगत जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार थमन सिंह सुनार (शंकर)ले फरक शैलीबाट चुनाबी प्रचारप्रसार जारी राख्नुभएको छ ।
माडी–९, बगहीँ निवासी सुनारले गाउँगाउँमा पत्रकार सम्मेलन आयोजना गरी मिडियाको अगाडि बिपन्न एवं भूमिहीन सुकुम्बासी नागरिकहरुको समस्या प्रस्तुत गर्न लगाई त्यसको जवाफ र प्रतिवद्धता प्रस्तुत गर्दै चुनाबी प्रचार थाल्नुभएको हो । यस क्रममा माडी–९, हनुमानझुला निवासी सुकुम्बासी वर्गले खुलेर आफ्ना समस्याहरु प्रस्तुत गरेका छन् ।

उनीहरुले बिजुली, बाटो, बाढी, लालपूर्जा र जंगली जनावर लगायतका बिषयहरु उठान गरेका थिए । त्यसअघि, माडी–९, प्याउली निवासी सुकुम्बासी वर्गले खुलेर आफ्ना समस्याहरु प्रस्तुत गरेका छन् ।

उनीहरुले नागरिकताको समस्यादेखि लालपूर्जा र बाढी, जंगली जनावर लगायतका बिषयहरु उठान गरेका थिए ।


