चितवन खबर पोष्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी

२३ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ। लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभयो ।

लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गर्नुभएको हो । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याउनुभयो । यो क्षेत्रमा ८७ हजार २८ सदर हुँदा २ हजार ७९६ मत बदर भएको थियो ।

लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जित्नुभएको थियो । २०७९ मा पहिलोपटक निर्वाचित हुँदा उहाँले ५४१७६ मत पाउनुभएको थियो भने दोश्रोपटक (उपनिर्वाचनमा) ६४१६२ मतले बिजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया