२३ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम चितवन-३ बाट विजयी भएकी छिन् । कुल एक लाख ३ मत खसेको चितवन-३ मा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् ।
नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

यसैबिच, गौतमले माडी क्षेत्रमा सडक -याली गर्दै मतदाताहरूलाई धन्यवाद व्यक्त गरेकी छिन् । शनिवार दिउँसो माडी प्रवेश गरेकी रास्वपा नेतृ गाैतम सहितको रोड -यालीलाई सडकमा निक्लिएका माडीबासीले शुभकामना सहित बधाई व्यक्त गरेका थिए ।



