चितवनको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।
ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए । त्यस्तै एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत ल्याए भने नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत ल्याए । रास्वपाका ढकाल यसअघि पनि सोही क्षेत्रका सांसद रहेका थिए ।




