१९ औं अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा माडीमा -याली प्रदर्शन

193
SwadeshPost

युवाहरुका लागि सुरक्षित वातावरण भन्ने नारासहित अाइतबार माडीमा १९ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । युवा दिवसको अवसर पारी नेपाल परिवार नियोजन संघ चितवन र तराई भू-परिधि कार्यक्रम (ताल)को आयोजनामा बसन्तपुरमा -याली प्रदर्शन गरी युवा दिवश मनाइएको हो ।

युवा मैत्री बहुउद्देश्यीय श्रोत केन्द्रको संयोजमा सम्पन्न सो -यालीको मुख्य सहयोगीका रुपमा माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरु तथा माडी नगर खेलकुद विकास समिति, सीप नेपाल संस्था र माडी माध्यमिक विद्यालय रहेका थिए । कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालको समेत सहभागिता रहेको थियो भने माडी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ¥याली प्रदर्शन गरेका थिए ।

सन १९९९ देखि विश्वभरी उत्सवका रूपमा अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्रा्ष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउन यो दिवसको घोषण गरिएको थियो ।

SwadeshPost