अवैध लागुऔषध सहित ठोरी नाकाबाट माडीका ३ जना युवाहरु पक्राउ

212
SwadeshPost

अवैध लागुऔषध सहित ठोरी नाकाबाट माडीका ३ जना युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरका २३ वर्षका प्रकाश सुनार, १८ का सागर सुनार र १९ का प्रमोद पौडेल रहेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

भारतीय सीमा बजार भिखना ठोरीबाट लुकाएर ल्याइरहेको समयमा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रिभेट ४० थान र पाइभोन स्पास प्लस २४ क्याब्सुल बरामद भएको प्रहरी निरीक्षक विष्टले जनाउनुभयो । ठोरी गाउँपालिका–२ को नाका क्षेत्रमा प्रहरीको नियमित गस्ती टोलीले शंका लागि खानतलासी गर्दा शरीरमा लुकाएर ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उहाँले बताउनुभयो ।

SwadeshPost