माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइयो

553
SwadeshPost

नेवाराज समाज समितिको आयोजनामा मंगलबार माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन नेवार समुदायले मनाउने गाईजात्रा पर्व अन्तर्गत मंगलबार भाद्रकृष्ण द्धितीयाको दिन रोपाइजात्रा मनाइएको हो । मध्याह्न १२ बजे माडी ढिकुनबाट सुरु भएको रोपाइजात्रा बरुवा बजार परिक्रमा गरेपश्चात औपचारिक कार्यक्रम गरि समापन गरिएको नेवाराज समाज समितिका सचिव मनोज कुमार श्रेष्ठले स्वदेश एफ.एम लाई जानकारी दिनुभयो ।

सभाअध्यक्ष कृष्ण भक्त श्रेष्ठ रहनुभएको कार्यक्रममा, माडी नगरपालिका वडा नं २ का वडाअध्यक्ष इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेवा देय दवु जिल्ला सदस्य उपेन्द«कुमार श्रेष्ठ, नेपाल आदिवासि जनजाती चितवन माडीका सचिब मनोज कुमार श्रेष्ठ लगायतले उपस्थिती जनाउनुभएको थियो ।

SwadeshPost