नमुना आचार्यको उपचारमा सघाउन शिक्षक संगठनद्वारा सहयोग संकलन

273
SwadeshPost

हरिनगर आधारभूत विद्यालयका प्रधानाध्यापक दीपनाथ आचार्यकी छोरी नमुना आचार्यको उपचारमा सघाउन एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले सहयोग संकलन यात्रा सञ्चालन गरेको छ । बिहिबार सञ्चालित अभियानबाट करीब ३० हजार रुपैंया संकलित भएको नेपाल राष्ट्रिय शिक्षक संगठन माडीका अध्यक्ष रामप्रसाद भण्डारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । दुबै शिक्षक संगठन सम्मिलित एक टोली पूर्वी माडीको बगहीँदेखि पश्चिममा सेरुवासम्मका विद्यालयहरु पुगेको थियो ।

प्रधानाध्यापक आचार्यकी छ बर्षीया छोरी नमुना, उहाँले नै शिक्षण गर्नुहुने हरिनगर आधारभूत विद्यालयमा अध्ययनरत रहेकोमा विद्यालयमा भएको एक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन । उनको हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा शल्यक्रिया भई थप उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको भएको भएपनि पछिल्लो दिनहरुमा स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरेको उनको बुबा तथा हरिनगर आधारभूत विद्यालयका प्रधानाध्यापक आचार्यले जनाउनुभएको छ । बालिका नमुना आचार्यको उपचारमा सघाउन दुबै शिक्षक संगठनहरुले विद्यालयहरुमा कार्यरत शिक्षकहरुबाट प्रतिव्यक्ति रु ३०० तथा अन्यलाई यथासक्दो सहयोग गर्न एक वक्तव्यमार्फत सार्वजनिक अनुरोध गरेको थियो ।

SwadeshPost