प्रादेशिक भौतिक पूर्वाधार बिकास मन्त्री स्थापितले आज माडीकाे भ्रमण गर्ने

282
SwadeshPost

प्रदेश नं. ३ का भौतिक पूर्वाधार बिकास मन्त्रि केशव स्थापितले आज माडी नगरपालिका क्षेत्रमा भ्रमण गर्न लाग्नुभएको छ । मन्त्री स्थापितलाई आज दिउसो १ बजे रीउ नदीको पुलमा माडी नगरपालिकाको तर्फबाट स्वागत गरिने र त्यपछि करीब १ घण्टासम्म उहाँले बनकट्टास्थित रीउ नदी क्षेत्रको अवलोकन गर्ने कार्यतालिका छ ।

त्यसपश्चात क्रमशः पाण्डवनगर, सहीद पार्क र एकता स्तम्भको अवलोकन गर्ने र साँझ ४:३० बजे धोबाहा क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साँझ ५:३० मा दिवाकर पार्क तथा छरछरेको अवलोकन गर्ने र पर्सी बिहान ६:३० बजे बैकुण्ठ क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसपश्चात बिहान ८ बजे बगही क्षेत्रमा प्याउली ड्याम अवलोकन गरी बिहान ११ बजे माडी क्याम्पसको सभाहलमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । माडीको भ्रमणबाट प्रदेश सरकारका तर्फबाट यहाँको नदी निउन्त्रणका लागि मन्त्री स्थापितले विशेष कार्यक्रम घोषणा गर्नसक्ने उहाँको नीजि सचिवालयले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ ।

SwadeshPost